skip this

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेइजिङ पुग्ने भएका छन् । उनी बेइजिङमा आयोजना हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका हुन् । सम्मेलनमा नेपाल र चीनका १ सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ ।आजै प्रधानमन्त्री दाहाल रात्रिभोजमा सहभागी हुनेछन् ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्न लागिएको हो ।प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्नुको साथै चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

nijgadh-supermart-adz1200-630