skip this

प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा राजनीतिक स्वार्थ जोडिएकाले आएनन् : मेयर शाह

954 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । काठमाडौं  महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा राजनीतिक स्वार्थ जोडिएकाले नआएको बताएका छन् ।सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रिय सभागृह अगाडि आन्दोलनरतलाई संवादमा बोलाउँदा पनि नआएको भन्दै के वार्ता हामीले उहाँहरूको नेतासँग गनुपर्ने हो भनि प्रश्न गरेका छन् ।

उनले लेखका छन् ,‘विगत केही दिनदेखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नु पर्ने ?’अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत छन् ।

nijgadh-supermart-adz1200-630