skip this

फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा लालको योङ्ग स्टार क्लबको विजयी सुरुवात

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भएको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा योङ्ग स्टार लालले विजयी सुरुवात गरेको छ ।

वनस्थली फुटबल क्लब सिङ्गौललाई २–० ले पराजित गर्दै योङ्ग स्टार लाल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

बुधवार दिउँसो सम्पन्न उद्घाटन खेलमा योङ्ग स्टार लालका सुरेश लामाले खेलको दोस्रो हाफको ३७ औं मिनेटमा गोग गर्दै अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा पुनः दोस्रो गोल गर्दै टोलीको मतान्तर दोब्बर बनाएका थिए । खेलको म्यान अफ द म्याच वनस्थली फुटबल क्लबका पासाङ्ग लामा घोषित भए ।

फ्याफुल्ला फुटबल क्लबको आयोजनामा असोज १७ गतेदेखि कार्तिक २ गतेसम्म निजगढ वडा नम्बर १३ फ्याफुल्ला फुटबल क्लबस्थित खेलमैदानमा संचालन हुने पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिताको निजगढ नगर नगरपालिकाका प्रमुख सुरथ पुरीले व्यानर खोलेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल, नेपाली का“ग्रेस भातृ संगठन तरुण दलका केन्द्रीय सदस्य विष्णु खड्का, सामुदायिक वन महासंघका निजगढ नगर अध्यक्ष एवम पुर्व निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापा, तामाङ घेदुङ्ग पुर्व नगर अध्यक्ष सिद्धर्थ लोप्चनलगायतका स्थानीय समाजसेवीहरुको सहभागीता रहेका थिए ।

आयोजक क्लबका अध्यक्ष कमान सिं थिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले निजगढ नगर सचिव तिलक घलान र सञ्चालन क्लबका सचिव जीवन पाख्रिनले गरेका थिए ।

प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २२ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा क्लबका उपसमूह समेत गरि एकै क्लबका टोलीहरु पनि समावेश छन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा विहिवार पहिलो खेल नयाँ वस्ती जितपुरसिमरा २२ र पानी ट्याङ्की रतनपुर निजगढ ११ बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा सिद्धबाबा जीतपुरसिमरा २१ र सी.वाई.सी.चिसापानी निजगढ १० विच प्रतिस्पर्धा हुने छन् ।

nijgadh-supermart-adz1200-630