फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिताः सबुज आधाभार र जनजागृती बिजयी
वि.सं.२०८० असोज २१ आइतवार २०:२४

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा जारी फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आईतबार भएको खेलमा सबुज आधाबार र जनजागृती बिजयी भएको छ ।
पहिलो खेलमा सबुज आधाभार आकासे जर्सी बिभागिय आर्मी टिमले केवाईसी निजगढ–१३ रातो जर्सिलाई हराएको छ । खेलमा आधाभार बिभागिय टिमले केवाईसिलाई १–५ गोलको अन्तरले पराजित गरेको हो ।
केवाईसिको तर्फबाट खेलको सुरुवातीमै जर्सी नं.१० का कुशल अधिकारीले पहिलो एक गोल गरेका थिए । केवाईसिले पेनाल्टी मौका पाएता पनि सदुपयोग गर्न नसकेको र उक्त पेनाल्टी बलालाई किपरले सेभ गर्दा गोलमा परिणत हुन सकेको थिएन । सुरुवाती समयमा गरेको १ गोल पश्चात् कुनै पनि प्रहार गर्न नसक्दा केवाईसिले अन्तिममा हार व्यहोर्नु परेको हो ।
अधाभार विभागीय आर्मी टिमका लागि जर्सी न ७ का खेलाडी सुजन राईले खेलको पहिलो हाफमा १ गोल र दोश्रो हाल्फमा २ गोल प्रहार गरि ह्याट्रिक गर्न सफल भए । त्यस्तै जर्सी नं. १८ का नवीन राई र जर्सी न १९ का दिपक खत्रीले समान एक/एक गोल गरि जितस“गै सबुज आधाभार विभागीय आर्मी टिम खेलको क्वाटर फाईनालमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो खेलको म्यान अफ द म्याच सबुज आधाभारका ह्याट्रिक हान्न सफल जर्सी नं.७ का खेलाडी सुजन राईलाई युवा समाजसेवी तिलक बहादुर घलानले हस्तान्तरण गरे ।
त्यस्तैगरी दोश्रो खेलमा रतनपुर युनाइटेड क्लब (पहेँलो) निजगढ–११ जनजागृती युवा क्लब (खरानि) जर्सी निजगढ–५ सँग ट्राईब्रेकरमा ०५–०४ गोलको अन्तरले रतनपुर युनाइटेड पराजित भएको छ ।
त्यस्तै दोश्रो खेलको म्यान अफ द म्याच हुन सफल जनजागृती जर्सी नं.९ का खेलाडी दिपेश राईलाई स्थानीय समाजसेवी रोशन पाख्रिनले हस्तान्तरण गरे ।
प्रतियोगिता अन्तरगत सोमबार एउटा मात्र खेल हुनेछ । ओझेल युवा क्लब (वासिटि) जितपुरसिमरा–१६,टाङ्गियाबस्ती र तपोभुमी युवा क्लब (टिवाईसी) निजगढ–१२,बुङ्गजोर विच प्रतिस्पर्धा हुनेछ ।
वि.सं.२०८० असोज २१ आइतवार २०:२४

















