प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
वि.सं.२०८० असोज २२ सोमवार ०९:०४
735
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विधुत विधयेक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथीको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
साथै, सभामुख देवराज घिमिरेले विधुत विधयेक २०८० माथी बिचार गरियोस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने संसद सचिवालयले जनाएको छ ।
वि.सं.२०८० असोज २२ सोमवार ०९:०४

















