skip this

भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान मन्त्रालयको आग्रह

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न भनेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो । इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण१० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत गएको छ ।

nijgadh-supermart-adz1200-630