निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल : आज दुई वटा खेल हुदैँ
वि.सं.२०८० असोज २५ बिहीवार १०:०५

बारा–बाराको निजगढ–७ योजनामा सञ्चालित तेस्रो निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल प्रतियोगितामा आज विहीबार दुई वटा खेल हुने भएको छ ।
चौतारा युवा क्लब निजगढ ७ को आयोजनामा नेत्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा विहीबार दिउँसो ३ बजे सिंगौल एफसी र आयोजक चौतारा युवा क्लबबीच खेल हुने छ ।
त्यस्तै दोस्रो खेल गौरीशंकर मा.वि. निजगढ–६ सडकटोल र जनज्योती, जनकल्याण र लोकप्रिय आधारभुतविच ४ बजे सुरु हुने छ ।
प्रतियोगितामा विजयी टोलीले ३० केजीको र उपविजेताले २० किलोको खसी पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोल रक्षकसहित सबैभन्दा बढी गोल गर्ने एक जना खेलाडीलाई पनि ट्रफी प्रदान गरिने छ भने दिनको खेलमा म्यान अफ दि म्याचको ट्रफी पनि प्रदान गरिने आयोजक क्लबका बुद्धि राना मगरले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक वडा नं. ७ को कार्यालय रहेको छ भने सहयोगी कान्तिपुर पोल्टी फर्म र मिडिया पार्टनर निजगढ समाचार साप्ताहिक रहेको छ ।
तेस्रो निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल प्रतियोगिता सुरु
वि.सं.२०८० असोज २५ बिहीवार १०:०५
















