फ्याफुल्ला नकाउट फुटबल : तपोभुमी सेमिफाइनलमा प्रवेश
वि.सं.२०८० असोज २६ शुक्रवार २०:०८

बारा–बाराको निजगढ नगरपालिका–१३ डम्बरपुरमा जारी फ्याफुल्ला नकाउट फुटबल प्रतियोगितामा तपोभुमी युवा क्लब निजगढ–१२ सेमिफाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा तपोभुमीले घरेलुु टोली आयोजक फ्याफुल्ला फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दैै सेमिफाईनल यात्रा तय गरेको हो ।
खेलमा तपोभुमीका लागि विक्रम लामा र सुकराज गोलेले सम्मान दुई÷दुई गोल गरेका थिए ।
घरेलु मैदानमा भएको खेलमा तपोभुमिले फ्याफुल्लालाई खेल अवधीभर दवावमा राखेका थिए । तपोभुमिले अब सेमिफाइनल खेल खेल्नका लागि न्यू जनजागृती फुटबल क्लब निजगढ–५ र ग्रामीण विकास निजगढ–१२ कोलगाँउको नतिजा पर्खिनु पर्ने छ ।
सो खेलको म्यान अफ द म्याच फ्याफुल्ला फुटबल क्लबका खेलाडी जर्सी नम्बर ७ पुजन घलान घोषित भए । घलानलाई निजगढ नगरपालिका वडा नम्बर १३ का महिला वडा सदस्य धनकुमारी विश्वकर्मले ट्रफी हस्तान्तरण गरिन ।
त्यस्तै २७ गते शनिबार दिनको ३ बजे हुने खेलमा सपुज गण आधाभार विभागीय आर्मी टोली र सहमति फुटबल क्लब निजगढ–१२ रामथली विच हुने आयोजक समितिका सचिव जीवन पाख्रीनले जानकारी दिए ।
वि.सं.२०८० असोज २६ शुक्रवार २०:०८

















