skip this farak Kura Pravakar

जीतपुरसिमरा राष्ट्रपति रनिङ शिल्डको उपाधी लगातार चौथो पटक राष्ट्रिय बिभुती शिक्षा सदनले जित्यो

426 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुर सिमरा उपमहानगरले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी यसवर्ष राष्ट्रिय बिभुती शिक्षा सदन डुमरवानाले प्राप्त गरेको छ । सो विद्यालय २३ स्वर्ण, ९ रजत र ४ कास्य पदक सहित प्रथम भएको हो ।

यससँगै सो विद्यालयले लगातार चौथोपटक प्रथम उपाधी जितेको बनेको हो । मंगलवारदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको हो ।

प्रतियोगितामा ७ स्वर्ण सहित १४ पदक जितेर नेरा नमुना मावि बकुलिया द्वितीय र ४ स्वर्ण सहित १३ पदक जितेर सेन्ट अल्फान्स विद्यालय तृतीय भएको छ ।

उपमहानगरका नगरप्रमुख राजन पौडेलले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः नगद रकम १५ हजार, १० हजार र ५ हजार सहित प्रमाणपत्र र शिल प्रदान गरेका थिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, एथ्लेटिक्स लगायतका विभिन्न खेल विधा समावेश गरिएको थियो । ३८ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी रहेको प्रतियोगितामा १ हजार ३ सय विद्यार्थीहरु सहभागी भएको सचिवालय विद्यालय नेरामावि सिमराकी शिक्षिका सिता अधिकारीले जनाएकी छिन् । उनले विद्यार्थीहरूसँगै अभिभावक र शिक्षकहरुको समेत उत्साहजनक सहभागिता भएको बताईन् ।

उपमहानगरले विद्यालय स्तरमा रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी क्षमता विकास गर्ने उद्देश्यका बिगत ५ वर्षदेखि विद्यालयस्तरका विद्यार्थीहरुबिच खेलकुद प्रतियोगिता गर्दै आएको छ । यसवर्ष नेरा मावि सिमराले सो कार्यक्रम सञ्चालन गरेको थियो । नगरप्रमुख पौडेलले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक भएकाले अगामी वर्ष यस्लाई अझ सुधार गर्दै लैजाने बताएका छन् ।

पौडेलले खेलकुदले अनुशासन, नेतृत्व क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्ने जनाए ।

 

nijgadh-supermart-adz1200-630