जाजरकोट भूकम्पः मृतक परिवारलाई दुईलाख राहत दिने
वि.सं.२०८० कात्तिक १९ आइतवार १३:२५
1.56K
shares

काठमाडौं । जाजरकोट भूकम्पमा ज्यान गुमाएका मृतक परिवारलाई सरकारले प्रति परिवार दुई लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले, ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँका दरले तत्काल राहत रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनले भनिन्,‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।’ त्यस्तै बैठकले भूकम्पमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने, एकद्वार प्रणालीबाट राहत वितरण र पुर्नस्थापनाको लागि आवश्यक व्यवस्था गर्नेलगायतका निर्णय गरेको छ ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १३:२५

















