बाली विज्ञानमा अध्ययन गर्न वडा कार्यालयको छात्राबृत्ति
वि.सं.२०७८ माघ १ शनिवार २२:०१

बारा (निजगढ) : बाराको निजगढ नगरपालिकाको एउटा वडाले चार जना विद्यार्थीलाई छात्राबृत्ति दिएको छ ।
बाली विज्ञान र विज्ञान विषय अध्ययन गर्न निजगढ वडा नं. ४ कार्यालयले छात्राबृत्ति दिन सुरु गरेको छ । माघे संक्रान्तिको अवसरमा निजगढ ४ मा शुभकामना आदान प्रदान कार्यक्रममा दुई जनालाई बालि विज्ञान र दुई जनालाई विज्ञान विषय अध्ययनको लागि छात्राबृत्ति वितरण गरिएको वडा अध्यक्ष जयराम कुमरले जानकारी दिए ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ४ कछडिया समुदायका कक्षा ११ बाली बिज्ञान संकायमा अध्ययनरत बिद्यार्थी छात्र÷छात्रा संतोष पौडेल र रसुजा कुमारी चौधरीलाई सम्मान–पत्र हस्तान्तर गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरथ पुरी, सहसचिव थानेश्वर सापकोटा ‘अबिरल’, वडाका सचिव सोमसिंह लामा, राजनीति दलका पदाधिकारी र स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।
वि.सं.२०७८ माघ १ शनिवार २२:०१

















