१४ वर्षिया छोरी बेपत्ता पारेको आरोपमा बुवा–आमा प्रहरी नियन्त्रणमा, दुई छोरा–छोरीको विचल्ली
वि.सं.२०८० माघ ८ सोमवार ११:५४

बारा–बाराको फेटा गाउँपालिका–१ त्रिवेणी चोककी १४ वर्षिया कोशिला कुमारी पाँच महिनादेखि बेपत्ता भएको घटनामा प्रहरीले उनका बुवा–आमालाई नियन्त्रणमा लिएको छ ।
छोरी बेपत्ता पारेको आंशकामा प्रहरीले बुवा हरिन्द्र महतो कोईरी र आमा मन्जु देवीलाई बुधबार राती घरबाटै नियन्त्रणमा लिएको हो ।
छोरी कोशिलाको व्यवहारप्रति असन्तुष्ट रहेका कोईरी दम्पतीले गत साउनमा वीरगञ्जस्थित सानीआमाको घरमा पु¥याएका थिए ।
कक्षा ८ मा अध्ययनरत कोशिला लामो समयदेखि विद्यालय नआएपछि उनी बेपत्ता भएको खबर प्रहरीसम्म पुगेको थियो ।
बारा प्रहरीले उनको खोजीबारे अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कोशिलालाई घरबाट पर्सा जिल्ला पु¥याएको खुलेपछि बारा–पर्सा प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा कोशिलालाई बेपत्ता पार्न कोईरी दम्पतीको संलग्ना खुलेपछि बारा प्रहरीले उनीहरुलाई पक्राउ गरेर पर्सा प्रहरीलाई बुझाएको छ ।
घरमुलीनै प्रहरी नियन्त्रण रहेपछि घरमा भएका एक छोरा र एक छोरीमात्रै छन् । बुवा–आमा नहुँदा उनीहरुको विचल्ली भएको छ । घरमा कक्षा ६ मा अध्ययनरत छोरा सुरज र कक्षा १२ मा अध्ययनरत सुसिता रहेकी छिन् ।
सुसिताकाे परीक्षाको लागि १५ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्नेछ । उनीसँग फारमभर्न ५ हजार छैन । हराएकी बहिनीलाई घर फर्किन अपिल गरेकी छिन भने बुवनाआमालाई घर फर्काउन प्रहरीलाई आग्रह गरेकी छन् ।
वि.सं.२०८० माघ ८ सोमवार ११:५४

















