अमलेखगञ्जको तीन नम्बर पुलबाट बस ३५ मिटर तल खस्यो ! डेढ दर्जनबढी घाईते
पाँच यात्रु उपचारपछि घर फकिए
वि.सं.२०८० फागुन २२ मंगलवार २१:०३

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जको तीन नम्बर पुलबाट यात्रु बस खसेको छ ।
धादिङबाट विराटनगरको लागि छुटेको ना. ६ ख ९०३० नम्बरको यात्रु बस
पूर्वपश्चिम राजमार्ग अन्र्तगत तीन नम्बर पुलमा दुर्घटनामा डेढ दर्जन बढी यात्रु घाईते भएका छन् ।
बसमा सवार २३ जना यात्रु मध्ये ५ जना मानिसहरु समान्य उपचार पश्चात घर पठाईएको र १८ जना घाईते यात्रुको विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यी हुन् घाईते
हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको :
१. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ बेलडाडा बस्ने नबराज लामाको छोरीअं.वर्ष ९ की क्षेसन लामा,हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको (अवस्था मध्यम)
२. ऐ.ऐ. बस्ने अं. वर्ष ३१ को बिष्णु लामा(अवस्था मध्यम)
३. जिल्ला सुनसरी, बिराटनगर बस्ने अं. वर्ष २५ को रबिन मगर (अवस्था सामान्य)
४. जिल्ला चितवन, भरतपुर म.न.पा. ८ बस्ने अं. वर्ष ४८ का दिपेन्द्र कुमार ठाकुर चिउडोमा चोट (अबस्था सामान्य)
५. ऐ.ऐ. बस्ने अं. वर्ष४०कि कबिता ठाकुर बायां हातमा चोट (अबस्था सामान्य)
६. जिल्ला चितवन, भ.म.न.पा. १० बस्ने अं.वर्ष २८ की राखी शाह (अवस्था मध्यम)
७. ऐ. वडा नं. १० कैलाशनगर बस्ने अं. वर्ष २१ की अस्मि शाह (अवस्था सामान्य)
८. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ पदमपोखरी बस्ने अं. वर्ष२४ की सबिना घलान (अवस्था मध्यम)
९. ऐ.ऐ. बस्ने २४ की सबिना घलानकोअं.१८ महिनाको प्रियान्स घलान (अवस्था मध्यम)
१०. जिल्ला मकवानपुर। थाहा. न.पा. ३ बस्ने अं. वर्ष२३ की दिल कुमारी बि.क. (अवस्था मध्यम)
११. जिल्ला धनुषा सहित न.पा. २ बस्ने अं. वर्ष३२ कि प्रिंयका यादव टाउको र खुट्टामा चोट (अबस्था मध्यम)
१२. ऐ.ऐ. बस्ने अं. वर्ष४१ को रन्जित यादब कम्मरमा चोट (अबस्था सामान्य)
१३. ऐ.ऐ. बस्ने अं. वर्ष६५ कि शान्ति देवी यादव छात्तिमा चोट अनुहार (अबस्था मध्यम)
१४. जिल्ला पर्सा बिरगंज श्रीपुर बस्ने अं. वर्ष५० को दुखन खातुन बाया हातमा चोट (अबस्था सामान्य)
१५. ऐ.ऐ. बस्ने अं. वर्ष ५ कि जोया खातुन हात र खुट्टामा चोट (अबस्था सामान्य)
१६. जिल्ला सर्लाही हरिवन न.पा. ८ बस्ने अं. वर्ष४३ को पर्बत भट्टराई नाकमा छात्तिमा चोट (अबस्था सामान्य)
१७. जिल्ला सर्लाही बस्ने अं. वर्ष१६ कि रेनुका खड्का ढाडमा चोट (अबस्था मध्यम)
१८. जिल्ला सर्लाही लालबन्दी बस्ने अं. वर्ष२६ कि निशु खड्का अनुहारमा चोट (अबस्था गम्भिर)
सामान्य घाईते भई उपचार पश्चात घर पठाईएको
१. जिल्ला सर्लाही हरिपुर न.पा.०२ बस्ने अ.बर्ष ४२ को रितेश पुलामिको टाउको र खुट्टामा (सामान्य चोट)
२. जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१४ बस्ने अ.बर्ष ४३ को जाकिर हुशेनको हात र खुट्टामा (सामान्य चोट)
३. ऐ.ऐ. ०१ बस्ने अ.बर्ष १६ की अन्जलि शाहको हात र खुट्टामा (सामान्य चोट)
४. जिल्ला सर्लाही कबिलासी गा.पा ०८ बस्ने अ.बर्ष ४८ की मिना महतोको हात र खुट्टामा (सामान्य चोट)
५. जिल्ला मोहत्तरी बर्दिवास न.पा.०२ बस्ने अ.बर्ष ३० को अर्जुण ठाकुरको हात र खुट्टामा (सामान्य चोट)
वि.सं.२०८० फागुन २२ मंगलवार २१:०३

















