पाँच दिन अघि मरेको बाघ निजगढको वनमा फेला
वि.सं.२०८० फागुन २२ मंगलवार २०:२२
3.12K
shares

बारा– पाँच दिन अघि मरेको बाघ निजगढको वनमा फेला परेको छ ।
निजगढ नगरपालिका वडा नं. ४ स्थित कछडिया सामुदायिक वन समुहभित्र पाटे बाघ मृत भेटिएको हो ।
वन कार्यालयका अनुसार मृत फेलाको दुलर्भ पाटे बाघ हो । बकैया खोला किनारमा पाँच दिन अघि मरेको बाघ गलेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

सड विभिजन कार्यालय तामागढी र नेपाली सेनाको पर्सा राष्ट्रिय निकुञ्जको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर वन कार्यालय परिषरमा खाल्डो खनेर पुरिएको कछडिया सामुदायिक वन समुहका अध्यक्ष विरेन्द्र ठाकुरले जानकारी दिए ।
माघको मृत्युको कारण बारे अनुसन्धान अघि बढाईएको छ । बाघ दुर्घटना वा बुढो भएर कालगतिले मरेको हो वा कसैले मारेको भन्ने बारेमा अनुसन्धानका लागि परीक्षणको लागि आवश्यक प्रकृया अघि बढाईएको छ ।
वि.सं.२०८० फागुन २२ मंगलवार २०:२२

















