skip this

गौरीशंकर माध्यमिक विद्यालय एसएलसी व्याच २०५२ को मोहोरीमा पुर्नमिलन

भेलाले ७ सदस्यिय समिति गठन

2.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयबाट २०५२ सालमा प्रवेशिका परीक्षा दिएका विद्यार्थीको पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।

एसएलसी व्याच २०५२ को निजगढ–४ मोहोरीस्थित गणेशमान पार्कमा पुर्नमिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

पुर्नमिलन भेलाले ७ सदस्यिय समिति गठन गरेको छ । जसको अध्यक्षमा दिपक पन्त, उपाध्यक्षमा विमला मैनाली, सचिवमा गोकुल खत्री, कोषाध्यक्षमा विन्दा वाग्ले चयन भएका छन् ।

त्यसैगरि सदस्यमा जानुका भण्डारी, पदम अधिकारी र सुनिल चौधरी रहेका छन् ।

समितिले  आगामी वर्ष सामाजिक कार्यसहित आर्थिक स्रोत जुटाउने र आवश्यक कार्यसम्पादन गर्नेछ ।

भेलाले यस अघि भएका आयव्ययलाई अनुमोदन गरेको छ ।

nijgadh-supermart-adz1200-630