skip this

फेटा गोलीकाण्डप्रति कांग्रेस क्षेत्र नम्बर ४ को ध्यानाकर्षण, सबै पक्षलाई संयमता अपनाउन आग्रह

48 shares
oil-nigam-amlekhgunj-adv.jpeg
बारा- बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर उत्पन्न विवादका क्रममा गोली चलेको घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का लोकेश सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै फेटाको वर्तमान अवस्था तनावग्रस्त रहेकाले आन्दोलनरत पक्ष, अस्पताल उद्घाटनका आयोजक पक्ष तथा प्रहरी प्रशासनलाई संयमता अपनाउन हार्दिक आग्रह गरेका छन्।
कुनै पनि समस्याको समाधान हिंसा नभई संवाद र सहमतिबाट खोजिनुपर्नेमा जोड दिँदै सिंहले मानव जीवनको सुरक्षा र सामाजिक सद्भावलाई सबैले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
उनले विवादलाई थप उग्र बन्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिएपछि फेटा क्षेत्रमा तनाव सिर्जना भएको छ।
nijgadh-supermart-adz1200-630