skip this

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु

33 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कुलेखानी जलाशयमा पानीको सतह १५२८.५० मिटर पुगेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु गरिएको छ।
जलाशयको तल्लो तटीय क्षेत्रका बासिन्दालाई खोला किनारबाट टाढा अग्लो सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
प्रहरीले काठमाडौँ जाने सवारीलाई भैँसे, भिमफेदीमा रोकी त्रिभुवन राजपथ प्रयोग गर्न निर्देशन दिएको छ।
हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु गरिएको छ । जलाशयमा पानीको सतह १५२८.५०मिटर पुगेकोले प्रथम चरणको चेतावनी साइरन बजाउन लागिएको हो ।

नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम आयोजनाले साइरन बजाउन सुरु गरिएकोले जलाशयको तल्लो तटीय क्षेत्रमा खोला किनारबाट टाढा अग्लो सुरक्षित स्थानमा बस्न र देउराली–सिस्नेरी सडक खण्ड प्रयोग गर्दा सुरक्षा निकायसँग समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जोखिमको मूल्याङ्कन गर्दै प्रहरीले काठमाडौँ जाने सवारीलाई भैँसे, भिमफेदी लगायतको चौकीमा रोकिएको छ भने त्रिभुवन राजपथ प्रयोग गर्न निर्देशन दिएको छ ।

 

nijgadh-supermart-adz1200-630