निजगढ कार्यपालिका लक्षित कोष : ६५ लाख बजेटबाट २३ वटा योजना तथा कार्यक्रम सञ्चालन
वि.सं.२०८१ असार २३ आइतवार २२:३७

बारा–निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेटबाट २३ थरी योजना तथा कार्यक्रम भएको छ ।
बजेटको अधिकांश रकम तालिममा खर्च गरिएको छ । महिला हिंसा न्यूनीकरण, नेतृत्व विकास, सिलाई कटाई, बाध्यबाधन संगित, बेमौसमी फूल खेती, क्रिस्टल माला बनाउने तालिममा झण्डै १६ लाख खर्च भएको छ ।
त्यसैगरि विद्यार्थीलाई पोशाक तथा खेलकुद सामाग्री बाड्न १६ लाख बढी खर्च भएको छ ।
त्यसैगरि जस्तापाता, आरण, बाख्रा वितरणमा ९ लाख खर्च भएको छ ।
त्यसैगरि निर्माण कार्यमा १० लाख खर्च भएको छ । धर्मशाला मर्मत, खानेपानी व्यवस्थापन मर्मत र गुम्बा गेट निर्माणमा रकम खर्च भएको हो ।
कुन शिर्षकमा कति बजेट ?
महिला हिंसा न्यूनीकरण कार्यक्रममा ४ लाख, महिलाहरुलाई क्रिस्टल माला बनाउने तालिममा १ लाख ५० हजार, अर्गानिक खेती सम्बन्धी कार्यक्रममा १ लाख २५ हजार, व्याग तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा ३ लाख ५० हजार, खानेपानी व्यवस्थापन मर्मत सम्भारमा ३ लाख, व्याग तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा २ लाख, दलित परिवारलाई बाख्रा वितरणमा २ लाख, खेलकूद सामाग्री तथा पोषाक वितरणमा १ लाख, टाँसीई छोयफिलिङ गुम्बा गेट निर्माणमा ५ लाख, विपन्न घरपरिवारलाई जस्तापाता वितरण ३ लाख १२ हजार, विद्यार्थीहरुलाई पोषाक वितरण कार्यक्रममा ३ लाख बजेट वितरण गरिएको छ ।
त्यसैगरि विपन्न महिलाहरुलाई सिलाई कटाई तालिममा २ लाख ७५ हजार, बाध्यबाधन संगित सम्बन्धी तालिममा १ लाख ३७ हजार ५ सय, दलित तथा विपन्न घर परिवारहरुलाई जस्तापाता वितरण ४ लाख १२ हजार ५ सय, बेमौसमी फूल खेती तालिम तथा अवलोकन भ्रमणमा २ लाख वितरण गरिएको छ ।
त्यसैगरि मृगौला जाँच तथा प्रशिक्षण शिविरमा ३ लाख, दलित तथा विपन्न परिवारको विद्यार्थीहरुलाई ब्याग तथा खेल सामाग्री वितरणमा २ लाख १२ हजार ५ सय, दलित विपन्न समुदायलाई बाख्रा वितरणमा ४ लाख, आरण तथा सिलाई मेशिन वितरणमा २ लाख, विपन्न परिवारलाई कपडा सिलाई मेशिन वितरणमा ४ लाख १२ हजार ५ सय, दलित, आदिवासी तथा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिममा ३ लाख १२ हजार ५ सय, अति विपन्न तथा दलित विद्यार्थिहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरणमा ५ लाख, वडा नं. १ शिव मन्दिरमा रहेको अधुरो धर्मशाला मर्मत संभारमा २ लाख बजेट वितरण गरिएको छ ।
वि.सं.२०८१ असार २३ आइतवार २२:३७


















