skip this

कार्यपालिका लक्षित कोषबाट अरुणाले गरिन् स्वास्थ्य परीक्षण, आरन, सिलाई मेसिन र व्याग वितरण

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।

एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।

कार्यपालिका सदस्य मैयादेवी सुनार (अरुणा वि.क.) निजगढ वडा नं. ४ पुरानो निजगढकी हुन् । नेकपा (माओवादी केन्द्र) की नेतृ समेत रहेकी अरुणा पहिलो पटक कार्यपालिका सदस्य बनेकी हुन् ।

अरुणाले निजगढ कार्यपालिका लक्षित कोष अन्तर्गत आफुजस्तै दिर्घरोगीको लागि कार्यक्रम गरेकी छिन् । जसको सर्वत्र प्रशंसा समेत बटुलेकी छिन् ।

मृगौला जाँच तथा प्रशिक्षण शिविर शिर्षकमा राखिएको कार्यक्रम अन्तर्गत दिर्घरोगीको रक्त परीक्षणदेखि विशेषयज्ञ डाक्टरमार्फत प्रशिक्षण समेत गराईएको छ । प्रशिक्षण उद्घाटन समारोहमा निजगढका अधिकांश जनप्रतिनिधि, राजनीतिकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत उल्लेख्य सहभागितामा नगरस्तरिय कार्यक्रम बनेको थियो । जसमा सहभागिले अरुणाको प्रशंसा गरेका थिए । कार्यपालिकाले सञ्चालन गरेको २३ वटा योजना तथा कार्यक्रम मध्ये उत्कृष्ट कार्यक्रम बनेको चर्चा समेत भयो ।

के–के भए कार्यक्रम ?

मृगौला जाँच तथा प्रशिक्षण शिविरमा ४८ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा रक्त परीक्षण गरिएको थियो । परीक्षणबाट प्राप्त रिर्पोटको डा. अर्चन शम्शेर राणाले चेकजाँच गरेका थिए ।

डा. राणाले परीक्षण गरेकासहित एक सय ५० जना दिर्घरोगी र कार्यक्रममा सहभागिलाई प्रशिक्षण दिएका थिए । स्वस्थ जीवन, स्वस्थ मृगौला अभियानका अभियन्ता समेत रहेका डा. राणा मार्क इन्टरनेशनल किड्नी सेन्टरका सञ्चालक समेत हुन् ।

कार्यक्रममा मृगौला दान गर्ने ९ जोडीलाई सम्मान समेत गरिएको थियो । निजगढ नगर प्रमुख सुरथ पुरीले सम्मानपत्रले सम्मान गरेका हुन् ।

३ लाख बजेट विनियोजन भएको कार्यक्रमको आयोजना महिला आवाज नेपालले गरेको हो ।

त्यसैगरि कोषबाट दलित तथा विपन्न परिवारको विद्यार्थीहरुलाई ब्याग तथा खेल सामाग्री वितरण गरिएको छ । महिला आवाज नेपालको आयोजनामा २ लाख १२ हजार ५ सय बजेटबाट दुई वटा विद्यालयका विद्यार्थीलाई ब्याग तथा खेल सामाग्री वितरण गरिएको हो ।

निजगढ–४ पुरानो निजगढस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका दुई सय जना विद्यार्थीलाई ब्याग र खेलकुद सामाग्री, वितरण गरिएको छ । त्यसैगरि निजगढ–७ खयरघारीस्थित बकैया ठाकुर आधारभूत विद्यालयका ५२ जना ब्याग –वितरण गरिएको हो ।

त्यसैगरि कोषबाट आरण तथा सिलाई मेशिन वितरण गरिएको छ । क्रियटिभ स्कील डेभलपमेन्ट प्रा.लि. को आयोजनामा २ लाख बजेटबाट ४ जनालाई वल्डिङ मेसिन, ५ जनालाई आगो फुक्ने र ग्रेन्डर वितरण गरिएको छ । त्यसैगरि ७ जनालाई सिलाई कटाई मेसिन वितरण गरिएको छ ।

त्यसैगरि कार्यपालिका लक्षित कोषबाट ४ लाख बजेटमा मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले महिला हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गरेको छ । जसमा अरुणासहित सर्मिला वि.क. मानबहादुर डासेली र मिना चौरेलमार्फत ४ कोषको सहयोगबाट तीन स्थानमा गरिएको कार्यक्रममा ९६ जना सहभागि भएका छन् । निजगढमा ३२ जना, सिंगौलमा ३३ र रतनपुरमा ३१ जना सहभागि भएको कार्यक्रम ७/७ दिन प्रत्येक ब्लकमा सञ्चालन भएको थियो ।

nijgadh-supermart-adz1200-630