skip this

भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कर्नाटक : भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।
कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।
हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।
आफू कक्षा कोठामा प्रवेश गर्ने वित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक एएच अलमासले गुनासो गरेकी छिन् ।
हिजाब आफ्नो विश्वासको एउटा अंश भएको र आफूहरुले संविधानमा उल्लेखित अधिकार प्रयोग गरेको पीडित किशोरीहरुले बताएका छन् ।
विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरु ३१ डिसेम्बरदेखि अनुपस्थित छन् ।

nijgadh-supermart-adz1200-630