skip this

भारतमा एकै दिनमा ३ लाख १५ हजारमा संक्रमण

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : भारतमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन उच्च बिन्दुमा पुग्ने चरणमा रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार जना संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ८२ लाख १६ हजार पुगेको छ ।यही अवधिमा २ लाख १३ जना संक्रमणमुक्त भएका छन् भने ४९३ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म निको हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार पुग्यो । मृतकको संख्या भने ४ लाख ८७ हजार ७१९ रहेको छ ।

nijgadh-supermart-adz1200-630