skip this

जीतपुरसिमरामा संवादको ढोका खुल्यो, अनौपचारिक छलफल शौहार्दपूर्ण, कार्यपालिका बैठकमा पुगेन कोरम

दोस्रो बैठक भोलीलाई आह्वान

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा संवादको ढोका खुलेको छ । दुई ध्रुवमा विभाजित भएका जनप्रतिनिधि बीच सोमबार शौहार्दपूर्ण छलफल भएको छ ।

मेयर राजन पौडेलले ३१ औं कार्यपालिका बैठक आह्वान गरेका थिए । बैठक अघि अनौपचारिक छलफल भएको छ ।

शौहार्दपूर्ण भएको छलफलमा असन्तुष्ट जनप्रतिनिधिले नगर सभा र कार्यपालिका बैठकका विषयमा आ–आफ्नो विचार राखेका छन् ।

१० असारमा भएको नगर सभालाई स्विकार गर्न नसकिने अडानमा रहेका जनप्रतिनिधि समुहका जीतपुरसिमरा वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले विशेष नगर सभाको प्रस्ताव गरेको बैठकमा सहभागि एक सदस्यले जानकारी दिए ।

वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ताले ३० औं बैठकको अमान्य भएको अवस्थामा ३१ औं बैठक मान्य नहुने तर्क गरेका छन् ।

अनौपचारिक छलफलका क्रममा मेयर पौडेलले अदालतमा विचाराधिन अवस्था रहेको विषयको छिनोफानो न्यायिक प्रणालीबाट रुपमा हुने भन्दै कार्यपालिकामा प्रस्तुत विषयगत समिति सम्बन्धि छलफलमा सहभागि हुन आग्रह गरेका थिए ।

कार्यपालिका बैठकमा पुगेन कोरम

सोमबारको कार्यपालिकाको बैठक स्थगित भएको छ । कार्यपालिका बैठकमा कोरम संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । १८ जना आवश्यक पर्नेमा मेयरसहित १५ जनाले मात्र हस्ताक्षर गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७५ को नियम १० को उपनियम (५) अनुसार बैठकको गणपूरक संख्या ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित हुनु पर्नेमा सो अनुसार उपस्थित नभएकोले कार्यपालिका बैठक स्थगित भएको हो ।

सोही नियमावलीको नियम १० को उपनियम (६) बमोजिम दोस्रो बैठक कार्यालयको बैठक २९ साउन (भोली) दिनको ४ बजेलाई आह्वान गरिएको छ ।

nijgadh-supermart-adz1200-630