skip this

बारा–पोखरा सम्पर्क समाजको साधारणसभा सम्पन्न

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पोखरा : बारा–पोखरा सम्पर्क समाजको चौथो साधारणसभा तथा हरितालिका तीजको अवसरमा शुभकामना तथा दर खुवाउने कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थामा आवद्ध ३४ जना आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोही अवसरमा थप ७ जना नयाँ आजीवन सदस्यलाई समेत स्वागत गरिएको छ । समाजका अध्यक्ष होम विलास सापकोटाको अध्यक्षतामा भएको हाे ।

कार्यक्रममा अतिथि एवम् समाजका सल्लाहकारहरु डा नारायण प्रसाद गौतम, उदयकान्त तिवारी, गोविन्द खतिवडा र संस्थापक अध्यक्ष माधवप्रसाद खतिवडाले शुभकामना व्यक्त गर्दै बाराबाट पोखरा आई छरिएर रहेका बाराबासीहरुको एकता र विकासका लागि यस संस्थाले सक्रिय भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठ र कार्यक्रम सञ्चालन सचिव राजेन्द्र आचार्यले गरेका थिए । कार्यक्रम पश्चात बाराबासी महिला दिदीबहिनीहरुले हरितालिका तीजको अवसरमा शुभकामना साटासाट गर्दै संयुक्त दर समेत खाएका थिए ।

nijgadh-supermart-adz1200-630