skip this

तेस्रो ल्होसार कप : रतनपुर युनाइटेड फाइनलमा, उपाधिका लागि वीरगञ्जसँग भिड्ने

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-रतनपुर युनाइटेड क्लब निजगढ १० लालको बुद्धचोक मिनि रङ्गशालामा जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा रतनपुरले बेङखडी युवा क्लबलाई ४–३ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । रतनपुरको जितमा दिपेश आलेले दुई गोल गर्दा आनन्द गुरो र उज्ज्वल भण्डारीले एक–एक गोल गरे । उता बेङखडीका लागि भने सुदिप आलेले दुई गोल गर्दा थप एक बिनु आले मगरले गरे ।

खेलमा रतनपुर युनाइटेडका म्यान अफ द म्याच घोषित हुन सफल गणेश हमाललाई निजगढ नगरपालिका १० नम्बर वडाध्यक्ष आशाकाजी श्रेष्ठले नगद तथा ट्रफी हस्तान्तरण गरे ।


रतनपुर युनाइटेडले अब यही माघ १२ गते शनिबार हुने फाइनलमा वीरगञ्ज युनाइटेडसँग उपाधिका लागि भिड्नेछ ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ हात पार्नेछ भने उपविजेताले एक लाख एक हजार एक रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

nijgadh-supermart-adz1200-630