गौरीशंकर माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव : विभिन्न अक्षयकोषबाट विद्यार्थीलाई सम्मान
वि.सं.२०८१ माघ १० बिहीवार २२:११

निजगढ–बाराको निजगढ–८ स्थित गौरी शंकर माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीवार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकोत्सव तथा अभिभावकको मधेस प्रदेश सभाकी सदस्य मिना लामाले उद्घाटन गरेकी छिन् । सांसद लामाले गमलामा जल सिंचित र शिक्षक डा. रमेशकुमार झा र कपिलप्रसाद बरालले स्वस्ती बाचन गरेर उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रदेश सांसद लामा, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, पूर्व मेयर सुरेश खनाल, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) का निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, एकीकृत समाजवादी पार्टी निजगढका अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढका अध्यक्ष मोजहर मन्सुर, विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर लामा, पुर्व प्रधानाध्यापक सुदर्शनप्रसाद कोइराला र विद्यालयका व्यवस्थापन समतिका गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा निजगढ नगर कार्यपालिका सदस्य शर्मिला विक, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, सार्वजनिक माध्यमिक विद्यालय व्यवस्थापन अध्यक्ष दुर्गा गौतम, विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामकृष्ण नेपाल, चन्द्रसिंह लामा, केदारप्रसाद गौतम, बद्रीप्रसाद बडाल, विद्यालयका पूर्व प्रधानाध्यापकहरु कृष्णप्रसाद उपाध्याय, सुदर्शनप्रसाद कोइराला, रामकुमार शर्मा (दाहाल) लगायत अभिभावक, विद्यार्थी, शिक्षाप्रेमि, पत्रकार र सरोकारवालाको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत व्यवस्थापन समिति सदस्य पेमाघ्याम्चो लामा.र छात्रा ईसारा लामा. तथा सञ्चालन थानेश्वर सापकोटा र शिक्षक खड्गबहादुर श्रेष्ठले गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट जिपीए नतिजा हांसिल गर्ने विद्यार्थी, कक्षा १२ को परीक्षामा उत्कृष्ट जिपीए ल्याउने विद्यार्थी, प्राविधिक शिक्षातर्फ बालि विज्ञान कक्षामा विशिष्ट श्रेणीमा उर्तिण हुने विद्यार्थी सम्मान गरिएको थियो ।
त्यस्तै राष्ट्रपति रनिङशिलमा पदक विजेता छात्रछात्रालाई नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न विद्यामा सम्मान प्रदान गरिएको थियो ।
शिवचन्द्र वालकिरण पुरस्कारबाट कक्षा ५ देखि ९ सम्म प्रथम हुने विद्यार्थीहरुलाई शिवचन्द्र बालकिरण अक्षय कोषको तर्फबाट जनही नगद एक हजारका दरले पुरस्कार वितरण गरिएको थियो ।
यो पुरस्कार कक्षा ५ बाट प्रथम हुने हरिओम साह तेली, कक्षा बाट प्रथम हुने कविताकुमारी साह, कक्षा ७ बाट प्रथम हुने सुरज साह, कक्षा ८ बाट प्रथम हुने सरिता चौधरी, कक्षा ९ बाट प्रथम हुने कमलेश साह कानूले प्राप्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा प्रशिला स्वास्थ्य शिक्षा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्रदान गरिने पुरस्कारबाट कक्षा ४ मा स्नेहा कुमारी यादव, कक्षा ५ मा हरिओम साह तेली, कक्षा मा कविताकुमारी साह, कक्षा ७ मा सिद्धान्त थापा, कक्षा ८ मा पाश्ना लामाले प्राप्त गरे । उनीहरुलाई नगद एक हजार सहित पुरस्कृत गरिएको हो ।
कार्यक्रममा विद्यालयमा कार्यरत भई गत वर्ष र यसवर्ष अवकास प्राप्त गरेका १४ जना शिक्षकलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा सिकेन्द्र साह, अनिष पराजुली, रबिन बस्नेत, दिनेश पौडेल, गणेश श्रेष्ठ, नितेशकुमार सिह, निमा डोल्मा लामा रहेका छन् । त्यस्तै आश्मा ठाडामगर, बविता कुमारी साह, दिप रिजाल, शान्ताकुमारी अधिकारी, मनिषकुमार मिश्र, केशरबहादुर श्रेष्ठ, सरोजकुमार बैठालाई सम्मान गरिएको हो ।
त्यस्तै एमबीबिएसमा नाम निकाल्न सफल प्रशान्त घिमिरे र शिसम लामालाई सम्मान गरिएको छ ।
त्यस्तै विद्यालयलाई आर्थिक भौतिक सहयोग गर्ने संस्थालाई सम्मान समेत गरिएको छ । जसमा पढ्दै कमाउँदै कार्यकमलाई नगद रकम प्रदान गर्ने सस्था कुशल व्यवसाय परामर्श तथा वालिम केन्द्र निजगढ कार्यकारी निर्देशक सरोज कोइराला र पूर्व प्राथमिक तहका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गर्ने साथी नेपालकी सरिता सापकोटालाई सम्मान गरिएको छ ।

कार्यक्रममा स्व. नेत्रकुमारी पौडेल स्मृति छात्रवृत्ति कक्षा १२ को परीक्षामा प्रथम हुने छात्र र छात्रलाई एक हजारका दरले नगद र दोसल्ला प्रदान गरिएको छ ।
अक्षयकोषको तर्फबाट माधव बडालले छात्रतर्फ नोदनाथ पौडेल र छात्रातर्फ विनुमाया घिसिङलाई पुरस्कृत गरिएको हो ।
त्यस्तै स्व. लिलादेवी आचार्य पुरस्कारबाट कक्षा १२ मा प्रथम हुने छात्रा विनुमाया घिसिङलाई नगद रु. तीन हजार र प्रमाण पत्र कमलप्रसाद आचार्यले प्रदान गरे ।
त्यस्तै एसएलसी ब्याच २०४८ को तर्फबाट एसइइ परीक्षामा नेपाली विषयमा बढी अंक (४ जीपीए) ल्याउने पूर्णिका पौडेललाई नगद रु. पाँच हजासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीलाई समेत सम्मान गरिएको थियो । विद्यालयले मावि शिक्षक तृतीय रुपराम घिसिङ र समराज तामाङ, निमावि तृतीय सीता गिरी, आधारभूत तह मानलाल श्रेष्ठ, समिता चौलागाई, भान्से सुरेन्द्र राउतलाई सम्मान गरिएको छ । त्यस्तै खेल शिक्षक लोकवहादुर खुलाललाई नगद पाँच हजार सहित सम्मान गरिएको छ ।
कार्यक्रममा नगरौं मद्यपान, हुदैँन हिंसा शिर्षकमा नाटक मञ्चन गरिएको थियो । त्यस्तै शिक्षक, विद्यार्थीले विभिन्न नृत्य तथा गायन प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीले विभिन्न खाजा तथा फलफूलको स्टल समेत राखेका थिए ।
वि.स. २०३१ सालमा स्थापना नमुना विद्यालयम समेत घोषित गौरीशंकरमा दुई हजार एक सय ५० जना विद्यार्थी अध्यापनरत छन् भने ७६ जना शिक्षक–कर्मचारी कार्यरत छन् ।

वि.सं.२०८१ माघ १० बिहीवार २२:११