skip this

निजगढ ३ नं. वडा कार्यालयले जेष्ठ नागरिक तथा अपाङ्गता भएकालाई तातोपानी पिउन बाड्यो जग

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका ३ नं. वडा कार्यालयले जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग र अति अशक्त अपाङ्गता भएकालाई सम्मान गरेको छ ।

निजगढ नगरपालिकाको आ.व. २०८१÷०८२ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत वडास्तरीय चालुतर्फ ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाभित्रका ७५ वर्ष र सो उमेर भन्दा माथिका जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग र अति अशक्त अपाङ्ग भएकालाई शुक्रबार सम्मान गरेको हो ।

वडा कार्यालय भवनमा आयोजना गरेको सम्मान कार्यक्रममा एक/एक थान इलेक्ट्रिक जग समेत प्रदान गरेको छ । वडाभित्रका ८५ जना लाभग्राहीलाई चिसो मौषममा तातोपानी खान सहज होस् भनेर इलेक्ट्रिक जग वितरण गरिएको वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिनाले जानकारी दिए । वडा कार्यालयमा आउन नसक्नु भएका पूर्ण अपाङ्ग र अशक्त लाई घरमै पुर्‍याईने वडा अध्यक्ष तिमल्सिनाले बताए ।

कार्यक्रममा कार्यपालिका मानबहादुर डासेली, वडा सदस्य खड्ग बहादुर खुलाल, बुरगान कुमारी लामा, चिनी बि.क., जित बहादुर लोप्चन, वडा सचिव शुभचन्द्र महतो, पूर्व जितबहादुर तामाङ्ग, खेल प्रशिक्षक मानबहादुर लामा लगायत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630