नेपालको नं. १ निजगढस्थित जनज्योती सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (भिडियोसहित)

वि.सं.२०८१ माघ १६ बुधवार ००:०४

निजगढ–बाराको निजगढ न.पा. ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समुहको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको प्रतिनिधी सभा सदस्य अच्युत प्रसाद मैनालीले विरुवा रोपेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र नम्बर १ का सांसद मैनालीले प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले नेपालको वन जनता (उपभोक्ता) को प्रयासमा नै संरक्षण हुदै आएको बताएका छन् ।
सांसद मैनालीले वन पैदावारको यथोचित सदुपयोग गर्न नसकिएको पनि बताउँदै गरिवी निवारण र आय आर्जनको लागि पनि वन स्रोतको बहुप्रयोग आवश्यक रहेको धारणा राखेका छन् ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सामुदायिक वन लोकतन्त्र र गणतन्त्रको प्रतिफलको रुपमा रहेको बताएका छन् । उनले देशमा गणतन्त्र र लोकतन्त्र स्थापना भएपछि मात्रै तराई क्षेत्रमा पनि उपभोक्ताहरुलाई सामुदायिक वन हस्तान्तरण गर्ने प्रक्रिया शुरु भएको सुनाए ।
कार्यक्रममा उपप्रमुख सोममाया थिङ्गले उत्पादन मूलक कार्यक्रम समावेश गरेर नगरपालिकामा प्रस्ताव पेश भएमा सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य दुर्गा कोइरालाले सामुदायिक वनभित्र परेका अप्ठेराहरु, वनबाट हुने असजिला कामहरु र उपभोक्ताले पद लिईरहदाखेरी मनमा डर नहुने गरि काम गर्नका लागि सामुदायिक वन महासंघको ४ तहको संरचना बनेको बताईन् ।
कार्यक्रममा वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले देशको सबै क्षेत्र भ्रष्टाचारमा लिप्त भएको र वन क्षेत्र पनि यसबाट अछुतो बन्न नसकेको बताए । उनले सामुदायिक वन संरक्षण र समुदायलाई जोगाउन देखिएका कानूनी उल्झन फुकाउन कानून संसोधन गर्न ध्यानाकषर्ण गराएका थिए ।
निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले उपभोक्ताको योगदानको कारण देशकै उत्कृष्ठ वन समुह बनेको भन्दै वन संरक्षणमा सफलता मिलेको बताए ।
निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेबी लामिछानेले वन समुहमार्फत वन संरक्षणसँगै गरिबि निवारण, नेतृत्व विकास र जनचेतनाको विकास गरेको बताईन् ।
निजगढ गाविसका तत्कालिन अध्यक्ष एकबहादुर श्रेष्ठले सामुदायिक वन स्थापना गर्न धेरै संघर्ष गर्नुपरेको स्मरण गराए ।
निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइरालाले वनज्योती पार्कलाई आवश्यक पर्ने पानी खानेपानी संस्थाले निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
निजगढ सब डिभिजन वन कार्यालयका प्रमुख निरज पोखरेलले वन व्यवस्थामा अब्बल रहेको जनज्योतीले अब महिला शसक्तिकरण, उद्यम विकास र सामाजिक विकासमा ध्यान दिनुपर्ने बताए ।
जनहित सामुदायिक वन समूहकी अध्यक्ष चन्द्रीका मगरले छिमेकी सामुदायिक वनसँग नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताईन् ।
वन समूहका अध्यक्ष खड्गबहादुर मोक्तानले वन समूहको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै लेखा समितिका संयोजक हरिप्रसाद पण्डितले लेखा समितिको प्रतिवदेन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भगवती श्रेष्ठले समूहको आयव्यय प्रतिवेदन पेस गरेकी थिईन् ।
कार्यक्रममा निजगढ नगरपालिका वन तथा वातावरण शाखा प्रमुख अनिल कोईराला, निजगढ नगरपालिका वडा नं. ७ का वडा सदस्य भगवती घिमिरे, दिल बहादुर पुलामी, कविता लामा, सुभद्रा बि क, आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद पाण्डे, जनज्योति सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष गणेश बहादुर कार्की, समाजसेवी यतिराज सापकोटा, शिवराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाको अवसरमा समुहको स्थापनाकाल देखि लामो समय सम्म अध्यक्ष पदमा रहि यस सामुदायिक वन उपभोक्ता समुहमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै संस्थापक अध्यक्ष गणेश बहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
साधारण सभामा प्रस्तुत विभिन्न प्रतिवेदन तथा प्रस्तावहरु सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो ।
अध्यक्ष मोक्तानको अध्यक्षतामा भएको सो सभाको संचालन सचिव रामकुमार सिन्जाली र स्वागत रत्नकुमारी बर्तौलाले गर्नुभएको थियो ।
साधारण सभाका अतिथिहरुलाई समुहले निर्माण गर्न लागेको पार्कको डिपीआर प्रस्तुतिकरण गरिएको थियो । त्यसअघि मौलिक भाकामा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
https://www.facebook.com/watch?v=1301187274459416

वि.सं.२०८१ माघ १६ बुधवार ००:०४