skip this farak Kura Pravakar

लागुऔषधसहित दुई जना महोत्तरीबाट पक्राउ

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

महोत्तरी : ठूलो मात्रामा लागु औषधसहित पक्राउ परेका दुई जना माथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
महोत्तरी औराही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित दुईजना पक्राउ परेका थिए । सरोज विक र आकाश शर्मा ठूलो मात्रामा लागु औषधसहित पक्राउ परेका हुन् ।
काभ्रेको मण्डन देउपुरका विक र सिरहाको गोलबजारका शर्मा बा ४६ प ६२७३ नम्बरको मोटरसाइकलमा सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेका थिए ।
अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुवैलाई पक्राउ गरेको महोत्तरी प्रहरी जनाएको छ ।

nijgadh-supermart-adz1200-630