निजगढका हिरा बहादुर थापा मगर ‘राष्ट्रिय उत्कृष्ट कृषक’ बाट सम्मानित
वि.सं.२०८२ असार १० मंगलवार २०:४३

बारा–निजगढ नगरपालिका वडा नं. ९ निवासी कृषक हिरा बहादुर थापा मगरलाई नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले प्रदान गर्ने ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८१’ बाट सम्मानित गरिएको छ ।
थापा मगरलाई प्रविधिमैत्री कृषि प्रणाली, जैविक मलको प्रयोग, नवीन अभ्यासहरू तथा उत्पादन वृद्धिमा पुर्याएको योगदानको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले थापा मगरलाई रु. दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

यो सम्मानले निजगढ नगरपालिका तथा सम्पूर्ण मधेश प्रदेशमा कृषि क्षेत्रमा संलग्न कृषकहरूका लागि प्रेरणा बनेको छ ।
वैदेशिक राेजगारीबाट फर्केर कृषि पेशा अंगालेका थापा व्यसमयिक केरा किसान हुन् । उनी यसअघि मधेस प्रदेश सरकारबाट समेत सम्मानित भईसकेका छन् ।
वि.सं.२०८२ असार १० मंगलवार २०:४३
















