skip this farak Kura Pravakar

निजगढमा अपाङ्गता भएका बालबालिकाका लागि १४ असारमा निशुल्क स्वास्थ्य तथा पुनर्स्थापना शिविर हुने

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिकाले बालबालिकालाई लक्षित गरी अपाङ्गता स्वास्थ्य तथा पुनर्स्थापना शिविर आयोजना गर्ने भएको छ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC), बनेपा, काभ्रेपलाञ्चोकसँगको सहकार्यमा सो शिविर सञ्चालन हुन लागेको हो।

शिविरमा १८ वर्षभन्दा मुनिका अपाङ्गता भएका बालबालिकाको पहिचान, स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा सहायक सामग्री वितरण गरिनेछ।

नगर कार्यपालिकाको कार्यालयका अनुसार उक्त शिविर २०८२ असार १४ गते शनिबारका दिन बिहान ९:०० बजेबाट सुरु भई दिउँसो ४:०० बजेसम्म संचालन हुनेछ। कार्यक्रम निजगढ नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हुनेछ।

यस अवसरमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले सम्बन्धित बालबालिका र अभिभावकहरूलाई समयमै उपस्थित भई सेवा लिन आग्रह गरेका छन्।

शिविरमार्फत नगरभित्र रहेका अपाङ्गता भएका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने र सामाजिक पुनर्स्थापना सुदृढ गर्ने लक्ष्य लिइएको बताइएको छ।

nijgadh-supermart-adz1200-630