skip this farak Kura Pravakar

बाल विवाह सम्बन्धी जिल्ला प्रहरी कार्यालय बारामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जिल्ला प्रहरी कार्यालय बाराको प्राङगणमा “हाम्रो प्रयास” संस्थाको आयोजनामा बाल विवाह विरुद्धको जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सामुदायिक शाखाका प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) बलराम श्रेष्ठज्यू सहभागी हुनुहुन्थ्यो भने प्रशिक्षकको भूमिका प्रहरी बरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) टेक बहादुर कार्कीले निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा बाराका विभिन्न मातहतबाट १५ जना प्रहरी कर्मचारी तथा जिल्लामा कार्यरत प्र.नि.सहित जम्मा ३० जना सहभागी रहेका थिए। अन्तरक्रिया कार्यक्रम बिहान १०:३० बजे सुरू भई दिउँसो १:०० बजे समापन गरिएको थियो।

कार्यक्रमले प्रहरीहरूमाझ बाल विवाहका कारण, प्रभाव र नियन्त्रणमा प्रहरीको भूमिकासम्बन्धी व्यापक छलफल र सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजक संस्थाले जनाएको छ।

nijgadh-supermart-adz1200-630