नेत्रदय मावि निजगढका पूर्व विद्यार्थी राम मनाङ मर्स्याङ्दी क्लबबाट एन्फा लिगमा खेल्दै
वि.सं.२०८२ असार २४ मंगलवार १८:०७

बारा-निजगढ नगरपालिका वडा नं. ७ का राम अर्याल एन्फा अन्डर- १६ फुटबल लिगका लागि छनोट भएका छन् ।
सानै उमेरदेखि फुटबलप्रति गहिरो रुचि राख्दै आएका अर्याल अहिले मनाङ मर्स्याङ्दी फुटबल क्लबबाट सक्रिय रूपमा खेलिरहेका छन् ।
राम अर्यालले नेत्रदय माविबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका हुन् । फुटबललाई आफ्नो सपना र करियर बनाउने लक्ष्यसहित निरन्तर अभ्यास गर्दै आएका उनले अहिलेको उपलब्धिलाई आफ्नो मेहनतको पहिलो उपलब्धि भएको बताएका छन् ।

स्थानीय स्तरबाट राष्ट्रिय लिगतर्फको यात्रा सुरु गरेका अर्याललाई घरपरिवार, विद्यालय र साथीसाथीहरूको निरन्तर समर्थन प्राप्त रहेको छ ।
रामले आगामी दिनहरूमा राष्ट्रिय टिममा स्थान बनाउने लक्ष्य रहेको पनि बताएका छन् । निजगढ नगरपालिका तथा स्थानीय समुदायले उनको सफलता र प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
वि.सं.२०८२ असार २४ मंगलवार १८:०७
















