प्रधानमन्त्री ओलीको उपस्थितिमा परवानीपूर गाउँपालिका नयाँ भवन उद्घाटन (भिडियो)
वि.सं.२०८२ साउन ९ शुक्रवार २३:०१

बारा–बारा जिल्लाको सबैभन्दा सानो गाँउपालिकाका रुपमा रहेको परवानीपुर गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेर प्रधानमन्त्रीकै उपस्थितिमा उद्घाटन गराएको छ ।
करिब चार वर्षको अवधिमा पालिकाको आन्तरिक स्रोतबाट ३ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि थिए ।
निकै तामझामसहित आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित मुख्यमन्त्री श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी, लोसपा अध्यक्ष महन्त ठाकुर, संघीय सांसदहरु, प्रदेश सांसदसहित स्थानीय तहका जनप्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मात्रै सम्बोधन गरे भने भवनको उद्घाटन भने अध्यक्ष महन्थ ठाकुरको हातबाट गराएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अहिले देश चौतर्फी विकासको गति लिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले बारा जिल्ला मत्स्य सुपरजोन घोषणा गरिएको भन्दै त्यसले किसानको आम्दानी दुई गुणा बढेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले दैनिक तीन वटाका दरले पुल निर्माण भएर सञ्चालनमा आएको भन्दै आजैमात्र आफुले दुई वटा पुल उद्घाटन गरेको जानकारी दिएका छन् ।
कार्यक्रमको अवसरमा उत्कृष्ठ कर्मचारी सम्मान वितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष राम क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियार र सञ्चालन सञ्चारकर्मी लक्ष्मी खरेलले गरेकी थिईन् ।
वि.सं.२०८२ साउन ९ शुक्रवार २३:०१
















