डुमरवानाका अनिल गिरी एनआरएनए जापान केन्द्रीय सदस्य पदकाे लागि चुनावी मैदानमा
वि.सं.२०८२ साउन १० शनिवार २३:३३

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-१५ भारतीचोक (डुमरवाना) का अनिल गिरी एनआरएनए जापान केन्द्रीय सदस्य पदकाे लागि चुनावी मैदानमा छन् ।
जापानमा बसोबास गर्दै आएका सामाजिक अभियन्ता अनिल गिरीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए (NRNA) जापानको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
जापानमा विद्यार्थी भिसामा प्रवेश गरी हाल व्यवसाय सञ्चालन गरिरहेका गिरीले लामो समयदेखि नेपाली समुदायको सेवा गर्दै आएका छन्। उनले “जहाँ रहे पनि सकेको सहयोग अरूलाई गर्नुपर्छ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
अनिल गिरीले आफ्नो अनुभव उल्लेख गर्दै NRNA जापान तथा अन्य संस्थामा आफूले निर्वाह गरेको भूमिकाबारे जानकारी दिएका छन्।
उनका प्रमुख जिम्मेवारीहरू यसप्रकार छन्:
मानार्थ सदस्य (२०२१–२०२३) – NRNA Japan
उप–संयोजक (२०२३–२०२५) – NRNA Sendai
हेल्प डेस्क संयोजक (२०२३–२०२५) – NRNA Sendai
अध्यक्ष (२०२१) – बारा समाज जापान
Nepal–Japan Friendship Lions Club – Miyagi Coordinator
उम्मेदवारी घोषणामा उनले उल्लेख गरेका छन् कि, “मैले हरेक कार्यक्रम, सभा–गोष्ठी तथा छलफलहरूमा आफ्नो नैतिक, भौतिक र आर्थिक रुपमा सक्रिय उपस्थिति जनाएको छु। अब यही जोश, अनुभव र संकल्पलाई जापानवासी सम्पूर्ण नेपालीको हितमा प्रयोग गर्न चाहन्छु।”
गिरीले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै पाँचवटा मुख्य एजेण्डा प्रस्तुत गरेका छन्:
१. समान पहुँच र समावेशिता
२. सेवा र जानकारीका कार्यक्रम
३. सांस्कृतिक एकता र पहिचान प्रवर्द्धन
४. पारदर्शिता र इमानदारी
५. साझा घरको अनुभूति
उनले आफू “म होइन, हामी नेपाली” भन्ने भावनाबाट प्रेरित रहेको उल्लेख गर्दै NRNA जापानलाई सबै नेपालीहरूको साझा घरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी जुलाई २७ मा हुने निर्वाचनमा अत्यधिक मतदान गरी आफ्नो योजनालाई समर्थन गर्न सबै जापानवासी नेपालीहरूसँग अनुरोध गरेका छन्।
उनको अन्तिम सन्देशमा भनिएको छ,
“विगतका अनुभवलाई अझ प्रभावकारी ढंगले उपयोग गर्दै आगामी कार्यकालमा योजनाबद्ध रूपमा अघि बढ्ने अठोटका साथ, तपाईंहरूको विश्वास, समर्थन र सद्भावको हार्दिक अपेक्षा गर्दछु।”
वि.सं.२०८२ साउन १० शनिवार २३:३३

















