skip this

पचरौता नगरपालिकाले जमुनी नदीमा उच्च बाँध निर्माण शुरू गर्ने

1.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—निरन्तर वर्षा नपर्दा सिंचाइ संकटमा परेका पचरौताका किसानलाई राहत दिलाउन पचरौता नगरपालिकाले जमुनी नदीमा उच्च बाँध (हाइड्याम) निर्माण गर्ने तयारी गरेको छ ।

नगर प्रमुख जलन्धर सिंहले आइतबार नारायणी सिंचाइ अन्तर्गत पर्ने जमुनी नदीको ब्यारेज स्थलमै पुगेर सरोकारवालासँग छलफल गरेका छन् ।

छलफलमा नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष लक्ष्मी यादव, मकबूल मियाँ अंसारी, गगनदेव प्रसाद यादव, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।

नगर प्रमुख सिंहले मौसम अनुकूल भए सोमबारदेखि नै बाँध निर्माण कार्य शुरू गर्ने तयारी भइरहेको जानकारी दिए ।

बाध निर्माणले स्थानीय किसानलाई धानबाली लगायतका खेतीमा सिंचाइ सुविधा मिल्ने नगरपालिकाले जनाएको छ।

खबखबैया पैनीको स्थलगत निरीक्षण

सिंचाईका लागि अति नै सहयोगी रहदै आएको पचरौता-८ अमरपट्टीमा पर्ने खबखबैया पैनलाई कसरी अझ ब्यवस्थि गर्न सकिन्छ भन्ने बारे बुझ्न नगर प्रमुख जलन्धर सिंह सहितको टोलीद्वारा आज दिउँसो खबखबैया पैनको स्थलगत रेखदेख तथा निरिक्षण गरिएको छ ।

nijgadh-supermart-adz1200-630