skip this farak Kura Pravakar

जीतपुरसिमरा उपमहानगरपालिकाले प्रथम आवधिक योजना निर्माणका लागि राय–सुझाव आह्वान

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ अनुसार पहिलो आवधिक योजना निर्माण प्रक्रिया सुरु गरेको जनाएको छ। नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै योजना तर्जुमा प्रक्रियालाई अझ समावेशी, प्रभावकारी र दिगो बनाउन सरोकारवाला सबै पक्षसँग लिखित सुझाव माग गरेको हो।

उपमहानगरपालिकाले तयार गर्न लागेको आवधिक योजनामा सोच, लक्ष्य, उद्देश्य, रणनीति, स्रोत परिचालनका उपाय, सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रम लगायतका महत्वपूर्ण विषय समावेश गरिने भएकाले विद्यालय, सहकारी, संघ–संस्था, बस्तीस्तरका जनसमुदाय, नागरिक समाज, पूर्व जनप्रतिनिधि तथा बुद्धिजीवीहरूबाट प्राप्त सुझाव मार्गदर्शक बन्ने नगरपालिकाले जनाएको छ।

यससँगै उपमहानगरपालिकामा रहेका सबै राजनीतिक दलका नगर समिति तथा स्थानीय नेतृत्वलाई समेत योजनासम्बन्धी रचनात्मक सुझाव पठाउन अनुरोध गरिएको छ। आवधिक योजना निर्माणमा राजनीतिक दलहरूको घोषणापत्रलाई पनि महत्वपूर्ण आधार मानिने भएकाले २०७४ र २०७९ सालका स्थानीय तह निर्वाचनमा प्रकाशन भएका नगर तथा वडा स्तरका घोषणापत्र उपलब्ध गराउन नगरपालिकाले आग्रह गरेको छ।

नगर प्रमुख राजन पौडेलले आवधिक योजना समग्र नगर विकासको खाका हुने भएकाले सबैको सक्रिय सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै आगामी दिनहरूमा आयोजना गरिने परामर्श गोष्ठीमा उपस्थितिका लागि आमन्त्रण गरेका छन्।

राय–सुझाव पठाउनका लागि सम्पर्क व्यक्तिका रूपमा अधिकृत (आठौं) सुधन चौधरीलाई तोकिएको छ। सम्बन्धित सबैले लिखित राय–सुझाव इमेल वा व्हाट्सएपमार्फत पठाउन सकिने नगरपालिकाले जनाएको छ।

सम्पर्क व्यक्तिमा अधिकृत, आठौँ सुधन चौधरी र
व्हाट्सएप नम्बर ९८४३०६८९८७, ९८५५०२९११०, ईमेल jeetpursimarasubmetropolitan@gmail.com
व्यवस्था गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

उपमहानगरपालिकाले सरोकारवाला सबैको सहभागिताले योजनालाई अझ जनमुखी र व्यवहारिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

nijgadh-supermart-adz1200-630