skip this

रतनपुरी स्वास्थ्य चौकीमा ‘हेल्लो आमा’ कार्यक्रम सम्पन्न, २२ गर्भवतीले पाए नि:शुल्क सेवा

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिका–११ बारास्थित रतनपुरी स्वास्थ्य चौकीमा शुक्रबार नियमित मासिक उप–प्रमुख हेल्लो आमा पोषण तथा सुरक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा एल.एस. न्युरो तथा जनरल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रुची चौरसियासहितस्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय गर्भवती महिलाको स्वास्थ्य जाँच र सचेतना जगाउने काम गरेका थिए ।

कार्यक्रम अन्तर्गत जम्मा २२ जना गर्भवती महिलाको नि:शुल्क गर्भ जाँच (ए एन सी) तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारले जानकारी दिए ।

उनका अनुसार निजगढ न.पा.–१० का १ जना, निजगढ न.पा.–११ का ९ जना, निजगढ न.पा.–१२ का ७ जना, निजगढ न.पा.–१३ का ४ जना र अन्य : १ जना गरि जम्मा २२ जनाकाे चेकजाँच गरिएको हाे ।

कार्यक्रमको अनुगमन निजगढ नगरपालिकाकी उप–प्रमुख सोममाया थिङ तथा वडा नं. ११ का वडा अध्यक्ष सहइया गुरो थारुले गरेका थिए ।

अनुगमनका क्रममा गर्भवती महिलाहरूलाई स्वास्थ्य, पोषण तथा मातृ–सुरक्षासम्बन्धी आवश्यक सुझावहरू प्रदान गरिएका थिए ।

रतनपुरी स्वास्थ्य चौकीमा प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा गर्भवती स्वास्थ्य जाँच (ए एन सी) सेवा सञ्चालन हुँदै आएको छ ।

nijgadh-supermart-adz1200-630