skip this

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

561 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनीविरुद्ध सिआइबीले अनुसन्धान गरेको थियो ।

nijgadh-supermart-adz1200-630