११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागि आज मनाेनयन दर्ता, युवा क्लस्टरमा उम्मेदवारी घोषणा
वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:००

बारा-नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं.–१ बाट युवा क्लस्टरमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनका लागि स्थानीय नेताहरू सक्रिय देखिएका छन्।
निजगढ नगरपालिका–३ का वडा अध्यक्ष गोकुल तिमल्सिनाले युवा क्लस्टरमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीभित्र सक्रिय परिवेश र क्षेत्रीय संरचनामा योगदानका आधारमा आफू महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएको तिमल्सिनाले बताएका छन्।
यसअघि नै निजगढ–५ का विजय तिमल्सिनाले पनि युवा क्लस्टरमै उम्मेदवारी घोषणा गरिसकेका छन्।
त्यसैगरि दिपिका साह, सरिता सापकोटा लगायतका नेतृहरुकाे समेत प्रतिनिधि छनाैंटमा आकांक्षा राखेका छन् ।
त्यसैगरि खुलातर्फ नारायणप्रसाद गाैतम लगायतले उम्मेदवारी घाेषणा गरेका छन् ।
युवा क्लस्टर, महिला क्लस्टर र खुलामा समेत एक दर्जन बढीले उम्मेदवारी दिने चर्चा छ । २४ सय बढी प्रतिनिधि रहेकाे बारा–१ मा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन बारा १ बाट खुला २, महिला २ र युवा १ जना प्रतिनिधि चयन हुनेछन् ।
प्रतिनिधि चयनका लागि भरतबहादुर भण्डारीकाे अध्यक्षतामा निर्वाचन कमिटी बनाईएकाे छ । निर्वाचन कार्यतालिका समेत सार्वजनिक भईसकेकाे छ, जस अनुसार आज ११ बजेदेखि ३ बजेसम्म मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ ।

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:००

















