जानकी मञ्जरीकाे गजल
वि.सं.२०७८ माघ ८ शनिवार १७:२१
1.2K
shares

गजल
कहिले हाँसो कहिले अनबनी त्यो रात थियो
गालामा त कहिले अंगालोमा नरम हात थियो
नछुट्टिने सयौं जुनि हामी समिप हुन्छौं संगै
उनको काखमा बसेर नै गरेको त्यो बात थियो
होस हवास केहि थिएन मात्र हामी दुइको स्पर्श
माया खुसिको संगममा त्यो जवानिको मात थियो
रंगिन त्यो रंगमन्चममा रंगिनुको मज्जा बेग्लै
न त त्यहाँ स्वार्थ थियो न त कुनै प्रतिघात थियो
जब दुई नयन खुल्छ्न आभास हुन्छ त्यो अनौठो
दुई मनको समर्पण नै जिवनभरको सौगात थियो
जानकी मञ्जरी,
काठमाडौ
वि.सं.२०७८ माघ ८ शनिवार १७:२१

















