skip this

मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वाेच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशहरु न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासले मुख्यमन्त्री सरोजकुमार यादबलाई २४ घन्टाभित्र विश्वासको मतको प्रस्ताव पेश गराउन परमादेश दिएको हो । यदी उनले विश्वासको मत नपाएमा संविधानको धारा १६८(२) अनुसारको सरकारको गठनको विकल्प हुने सर्वाेच्चको फैसलामा उल्लेख छ ।

गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेर सोही दिन बिहान महोत्तरीको एक होटेलमा शपथ खुवाएकी थिइन्। बहुमतको सरकार बनाउने संवैधानिक प्रावधान मिचेर ठुलो दलको संसदीय नेताको हैसियतमा मुख्यमन्त्री नियुक्ति गरेपछि विवाद भएको हो।

nijgadh-supermart-adz1200-630