skip this

आगामी पुस २५ देखि राष्ट्रिय लिग गर्ने एन्फाको निर्णय

606 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-अखिल नेपाल फुटबल संघ-एन्फाको आपतकालिन बैठकले राष्ट्रिय लिग आगामी पुष २५ गतेबाट गर्ने निर्णय गरेको छ।

सातदोबाटोमा सोमबार सम्पन्न बैठकले राष्ट्रिय लिग पुष २५ गतेबाट गर्ने निर्णय गरेको हो। झन्डै तीन महिना सञ्चालन हुने लिगमा कम्तिमा एक सय ५३ खेल आयोजना गर्ने लक्ष्य एन्फाको छ।

यसअघि राष्ट्रिय लिगमा १० क्लब सहभागी रहने व्यवस्था भए पनि एन्फाले सहभागी बन्न चहाने क्लबलाई लिगको लागि खुल्ला राखेको छ।

त्यसैले १० क्लब मात्रै भए डबल राउन्ड रोबिन शैलीमा गर्ने र १७ भन्दा धेरै क्लब भए सिंगल राउन्ड रोबिन शैलीमा गर्ने एन्फा सदस्य पुरुषोत्तम थापाले जानकारी दिए। आपतकालिन बैठकबाट यो लिगको बजेटसमेत पास भएको छ। एन्फाले फिफाको सहयोगमा तीन जिल्लामा निर्माण गर्ने भनेको फुटबल मैदानको ठेक्का पनि प्रदान गरेको छ।

लोएस्ट बिडर इडल ग्लासलाई ठेक्का प्रदान गरिएको हो। यसैगरी एन्फाले साफ पुरुष तथा महिला फुटसल प्रतियोगितामा सहभागी बन्ने निर्णय पास गरेको छ भने एन्फा प्रेसिडेन्ट लिगको आयोजना स्वीकृत गरेको छ।

nijgadh-supermart-adz1200-630