skip this

नेकपा (एमाले) केन्द्रीय सदस्य अच्युत मैनाली बारा जिल्ला इन्चार्जमा नियुक्त

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार केन्द्रीय सदस्य आदरणीय कमरेड अच्युत मैनालीलाई बारा जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ।

उनी बारा क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधिसभा सांसद हुन् ।

पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मैनालीलाई उक्त जिम्मेवारी दिइएको हो। पार्टीभित्र कुशल संगठनकर्ता, अनुशासित र अनुभवी नेताका रूपमा परिचित मैनालीको नेतृत्वमा बारा जिल्लामा एमालेको संगठन थप सशक्त बन्ने विश्वास गरिएको छ।

बारा जिल्लाका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले केन्द्रीय सदस्य मैनालीलाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा हार्दिक बधाई दिँदै सफल, ऊर्जाशील र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

nijgadh-supermart-adz1200-630