सार्वजनिक माध्यमिक विद्यालय बागदेवको ६१ औं जन्मजयन्ती तथा अभिभावक दिवस सम्पन्न
वि.सं.२०८२ पुस २३ बुधवार १३:१४

बारा–निजगढ–५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयको विविध कार्यक्रमसहित ६१ औं जन्मजयन्ती तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
जन्मजयन्ती तथा अभिभावक दिवस समारोहको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक झाँकीमार्फत स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाबाट विद्यालयको भौतिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयको आर्थिक प्रतिवेदन लेखापाल नवराज गौतमले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेयर सुरथ पुरी, गौरी शंकर मा.वि निजगढ–८ का प्रधानाध्यापक बद्री नारायण झा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण प्रसाद गौतम, पूर्व विद्यार्थी अजय उप्रेती, नेपाली कम्यूनिष्ट पार्टी निजगढ नगर संयोजक सन्तोष दंगाल लगायतले शुभकामना मन्तव्य गरेका थिए ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतम, लेखा अधिकृत शिवप्रसाद देवकोटा, निजगढ़ न.पा. ५ का वडाध्यक्ष सुर्य बहादुर थापा मगर, कार्यपालिका सदस्य सर्मिला सुनार, मिना चौरेल, योजना अधिकृत जीवन गौतम, इन्जिनियर अशोक कुशवाह, रुपेश यादव, गौरीशंकर क्याम्पस अध्यक्ष तथा पूर्व गा.वि.स. अध्यक्ष एक बहादुर श्रेष्ठ, निजगढ़ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइरालाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अम्बिका प्रसाद चौलागाई, जनजागृती सुन्दर सा.वन निजगढ़–५, का अध्यक्ष जय प्रसाद ढुङ्गाना, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा, बाघभैरव वन उपभोक्ता समिति निजगढ ४ का अध्यक्ष अमरलाल सिंतान, न्यु जनजागृति युवा क्लव, निजगढका लिलाहरी चौलागाई, समाजसेवी शिक्षाप्रेमीहरु केशव राउत, भिम प्रसाद सापकोटा, दिल बहादुर लामा, लिला नाथ बञ्जारा, इन्द्रप्रसाद बञ्जारा, सहिद हिरालाल गौतम पिता खडानन्द गौतम, शहीद पत्नी गायत्री गौतम, व्यवस्थापन समितिका पूर्व सदस्य, निर्वतमान सदस्यहरु, कार्यक्रममा विभिन्न अक्षयकोष तथा छात्रवृत्ति कोषकाका संरक्षकहरुको उपस्थिति रहेको थियो ।

अभिभावक दिवसको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्य तारादेवी खड्काको स्वागत र सञ्चालन भोला प्रसाद चौलागाई, बाल कुमारी सिंजाली रचना शर्माले गरेका थिए ।

अभिभावक सम्मान
कार्यक्रममा सक्रिय अभिभावक सामान कार्यक्रम १० जना सम्मानित भएका छन् । सम्मानित हुनेमा भगवती सापकोटा, निलम घिमिरे, झम्कप्रसाद चौलागाई, सिर्जना शर्मा, सिता घिमिरे, पदमकान्त घिमिरे, सेते बल, रेवती राउत, सावित्रि घिमिरे उप्रेती, लक्ष्मी चौलागाई रहेका छन् ।

शिक्षक सम्मानतर्फ रचना शर्मा, सुर्यकुमार चौधरी, सतिसकुमार कर्णलाई उत्कृष्ठ शिक्षक सम्मान गरिएको छ । त्यसैगरि पूर्व शिक्षक प्रकाश अधिकारीलाई विदाई सम्मान गरिएको छ ।
त्यसैगरि पूर्व विद्यार्थी सम्मान जीवन गौतमलाई प्रदान गरिएको छ । उनी निजगढ नगरपालिकामा योजना शाखा प्रमुख छन् ।

खेलकुद तथा विविध क्रियाकलापमा विजेतालाई पुरस्कार मेडल तथा सम्मान वितरण गरिएको छ ।
कार्यक्रममा शिक्षकहरुको सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
त्यसैगरि जन्मजयन्तीको अवसरमा सञ्चालित खेलकुद तथा विविध क्रियाकलापमा विजेतालाई पुरस्कार मेडल तथा सम्मान प्रदान गरिएको थियो ।
नयाँ अक्षयकोष
जन्मोत्सवको अवसरमा विद्यालयमा थप दुई वटा अक्षयकोष घोषणा गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले तीन लाख तीन हजार तीन सय तेत्तीस रुपैया राशीको लालबहादुर बल तथा मैयादेवी स्मृती अक्षय कोषको घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रअ हस्तबहादुर लामा र विन्दु लामाले व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमलाई चेक हस्तान्तरण गरेका छन् । उनीहरुलाई विद्यालयले सम्मानपत्र सहित सम्मान गरेको छ ।
त्यसैगरि ध्रुव घिमिरे तथा रामकुमार घिमिरेद्धारा एक लाख एक सय ११ रुपैया राशीको जीवनाथ भीमकुमारी स्मृती घोषणा गरिएको हो ।
अक्षयकोषबाट पुरस्कृत
त्यसैगरि सीताहरि प्रतिष्ठान काठमाण्डौंद्वारा २०८१ को एसईई परीक्षामा उत्कृष्ट जे.पि.ए ल्याएका २ जना छात्र/छात्रालाई पुरस्कार तथा सम्मान गरिएको छ । छात्र युरिन गौतम, छात्रा सरिस्मा चौलागाईलाई जनही ७ हजार पाँच सय राशीसहित कोषका प्रतिनिधि जानुका गौतमले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । प्रतिष्ठानका नविन गौतमले प्रत्येक वर्ष दश हजार राशी विद्यालयलाई प्रदान गर्दै आएका छन् ।

त्यस्तै लालसुन अक्षयकोषबाट जेहेन्दार तथा विपन्न २ जना छात्र÷छात्रालाई पुरस्कार तथा सम्मान गरिएको छ । छात्र अरुण कार्की, छात्रा रविना विकलाई जनही ४ हजार पाँच सय राशीसहित पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
त्यस्तै हरिभवानी अक्षयकोषबाट जेहेन्दार तथा विपन्न २ जना विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको छ । गरिमा लामिछाने र उपसना ढुंगानालाई जनही ४ हजार पाँच सय राशीसहित पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
त्यस्तै र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमद्धारा स्थापित बासुदेव मनमाई अक्षयकोषबाट कक्षा १२ का उत्कृष्टमा भएका छात्रा प्रमिला भण्डारी र यमकुमारी तिवारी जनही ४ हजार पाँच सय राशीसहित पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । कोषका संरक्षक मनमाई गौतम र अध्यक्ष गौतमले सम्मान प्रदान गरेका छन् ।
त्यस्तै पूर्व विद्यार्थीबाट स्थापित बृहत् छात्रवृत्ति कोषबाट १५ जना जेहेन्दार गरिब तथा विपन्न विद्यार्थीलाई जनही एक हजार राशीसहित कोषका मञ्चका उपाध्यक्ष अजय उप्रेतीले सम्मान प्रदान गरेका छन् ।
त्यस्तै पूर्व विद्यार्थी मञ्च र जगन्नाथ चन्द्रकला स्मृति अक्षयकोषद्धारा सञ्चालित निर्मित बृहत्त छात्रवृति अक्षयकोषबाट कक्षा नसर्रीदेखि कक्षा ११ सम्म प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कोष तथा मञ्चका नारायणप्रसाद गौतम, सिता गौतम, भवानी गौतमले जनही पाँच, चार र तीन सय राशीसहित सम्मान प्रदान गरेका छन् ।
त्यसैगरि विद्यालयले एसईई परीक्षामा ३.७ जीपीए ल्याएका ६ जना विद्यार्थीलाई पाँच हजार राशीसहित सम्मान पत्र प्रदान गरिएको छ । त्यसैगरि पूर्व विद्यार्थी मञ्चले एसईई परीक्षाका ६ जना उत्कृष्ट विद्यार्थीलाई एक हजार राशीसहित सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै अनुशासित तथा जेहेन्दार तीन जना विद्यार्थीलाई विद्यालयले सम्मान गरेको छ । विद्यार्थी अदिती गौतम, कमला उप्रेती, विभव खत्रीलाई जनही दुई हजारसहित सम्मान गरिएको हो ।
त्यस्तै सरसफाईमा उत्कृष्ट तीन जनालाई सम्मानित गरिएको छ । स्वास्थ्य सामाग्रीसहित सम्मानित हुनेमा जानवी गौतम, यमुना आले, दिप्सना चौरेल रहेका छन् ।
विद्यालय सार्वजनिक बृहद् शैक्षिक विकास कोष स्थापनाको घोषणा गरिएको छ । कोषमार्फत गुणस्तरिय शिक्षामा सहयोगार्थ आह्वान गरिएको कोषमा इच्छुक दाताले सहयोग रकम जम्मा गर्न सक्नेछन् ।
विद्यालयको बृहत्तरहितका लागि कोष परिचालन गर्न कार्यविधि बनाईनेछ । सार्वजनिक बृहद् शैक्षिक विकास कोषलाई ४ किसिमका सहयोगदाता जोडिन सक्नेछन् ।
विद्यालयको संरक्षक सदस्य हुन दुई लाख ५० हजार सदस्य शूल्क तोकिएको छ । त्यसैगरि मानार्थ सदस्यका लागि एक लाख ५० हजारमाथि तोकिएको छ । आजिवन सदस्य हुन एक लाख भन्दा माथि र साधारण सदस्य १० हजार माथि रहेको छ ।
वि.सं.२०८२ पुस २३ बुधवार १३:१४

















