skip this

मिर्चैयामा जलेको अवस्थामा महिलाको शव फेला

525 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सिरहा-सिरहाको मिर्चैयामा बेवारिसे अवस्थामा एक महिलाको जलेको शव फेला परेको छ । मिर्चैया नगरपालिका–७ स्थित छघरे बस्तीबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने टेना खोलामा शव फेला परेको हो ।

स्थानीय बासिन्दाले खोलामा जलेको शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए ।

सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए।

एसपी शर्माका अनुसार शव लामो समयअघि खोलामा फालिएको आशंका गरिएको छ । शवको तल्लो भाग हड्डी मात्र बाँकी रहेको छ भने माथिल्लो भाग आंशिक रूपमा जलेको अवस्थामा फेला परेको छ ।

साथै, शरीरका विभिन्न स्थानमा दागहरूसमेत देखिएको उनले बताए । यी प्रारम्भिक अवस्थालाई हेर्दा महिलाको हत्या गरी शव जलाएर खोलामा फ्याँकिएको हुन सक्ने प्रहरीको आशंका छ ।

 

nijgadh-supermart-adz1200-630