नेकपा उम्मेदवार सन्तोष दंगालले सिम्रौनगढबाट सुरु गरे घरदैलो अभियान
वि.सं.२०८२ माघ ८ बिहीवार १२:३३

बारा–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा क्षेत्र नं. १ का नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका सन्तोष दंगालले सिम्रौनगढबाट औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन् ।
युवामैत्री सोच, ऊर्जा र हक्की स्वभावका दंगाललाई स्पष्ट, निडर र जिम्मेवार युवा नेतृत्वका रूपमा हेरिँदै आएको छ। गलतका अगाडि नझुक्ने, सहीका पक्षमा खुला रूपमा बोल्ने र जनताको हक–अधिकारका लागि डटेर उभिन सक्ने क्षमताका कारण उनीप्रति युवासहित आम मतदाताको विश्वास बढ्दो रहेको पार्टीका नेताहरुले बताएका छन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) निजगढको नेतृत्व गर्दै आएका दंगाल बदलिँदो राजनीतिक परिवेशमा जेन–जी पुस्ताको माग, युवाको आवाज र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै संसदसम्म जनताको मुद्दा पुर्याउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका हुन् ।
वि.सं.२०८२ माघ ८ बिहीवार १२:३३
















