skip this

प्रेस चौतारी नेपाल बारा शाखाको बैठक सम्पन्न, निर्वाचन लक्षित महत्वपूर्ण निर्णय

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-प्रेस चौतारी नेपाल बारा शाखाको बैठक अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पिलुवामा आज सम्पन्न भएको छ। बैठकले संगठनलाई आगामी निर्वाचनमा प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार क्षेत्र नं. १ मा प्रहलाद तिमल्सिना, क्षेत्र नं. २ मा धिरेन्द्र तिवारी, क्षेत्र नं. ३ मा भोलानाथ पौडेल र क्षेत्र नं. ४ मा निलिशा बर्मालाई संयोजक तोकिएको छ। तोकिएका संयोजकहरूको नेतृत्वमा तत्कालै क्षेत्रीय भेला सम्पन्न गर्दै यही माघ १७ गते जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा प्रेस चौतारी नेपाल मधेश प्रदेश इन्चार्ज अच्युत पौडेल, बारा जिल्ला इन्चार्ज रमेश तिमल्सिना, केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, महासंघ उपाध्यक्ष पन्नालाल दास, सचिव पुष्प खतिवडा, नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, प्रचार विभाग प्रमुख पुरुषोत्तम शाह, प्रेस चौतारी इन्चार्ज दुर्गा गौतमलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकले संगठनलाई थप सुदृढ, एकताबद्ध र निर्वाचन केन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

nijgadh-supermart-adz1200-630