skip this farak Kura Pravakar

युथ अफ निजगढद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिका–१० लालस्थित क्यान्सर पीडित एक पुरुषलाई युथ अफ निजगढले आर्थिक सहयोग गरेको छ।

क्लबले क्यान्सर पीडित कृष्ण लामिछानेको निवासमा पुगेर उनकी पत्नी लक्ष्मी पौडेललाई ११ हजार १०० रुपैयाँ नगद सहयोग रकम हस्तान्तरण गरेको हो। उक्त रकम वडा सदस्य कुमार लामाको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी दीपिका शाह, क्लबका वरिष्ठ सल्लाहकार जितलाल श्रेष्ठ, अध्यक्ष सन्तोष पौडेल, पूर्व अध्यक्ष कमल पराजुली तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युथ अफ निजगढले यसअघि पनि नगरभित्रका आगलागी पीडित, मुटु, मृगौला तथा क्यान्सर रोगीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै पीडितको साथमा उभिने क्लबको यस पहलको स्थानीयले प्रशंसा गरेका छन्।

nijgadh-supermart-adz1200-630