skip this

महामहोत्सवको लागि प्रवेशद्धारा निर्माणदेखि भान्सागृहसम्मका निर्माण पुरा, अरु के छ अवस्था ?

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ ६ को सडकटोलमा आगामी माघ २१ गतेबाट हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८२ को उद्धटन नवतनपुरधाम जामनगरका धर्माचार्य श्रीकृष्णमणीजी महाराजले गर्नुहुने भएको छ ।

महोत्सव आयोजक मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर अपरान्न १२.४५ बजे महोत्सवको उद्धाटन हुने जानकारी गराएको हो ।

मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन महाराजले महोत्सव उद्धाटनअघि महाराज कृष्णमणीले ताम्रपत्र र कलश अनावरण तथा झण्डोत्तोलन गरेर श्रीकृष्ण प्रणामी मन्दिरको उद्धाटन र मन्दिर परिसरमा धार्मिक विरुवा ‘खिजडा’ रोप्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।

महोत्सवमा कृष्णमणीसहित महामंगलपुरीधाम सूरजका सूर्यनारायण दासजी र मंगलपुरीधाम सिक्कीमका श्री ५ भाष्कर महन्तश्री पनि सहभागी हुने मूल समारोह समितिले जानकारी दिएको छ ।

साहित्यचार्य जनार्दन महाराजजीले महामहोत्सवले निजगढलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने लगायतका विशेषता रहेको बताउनुभयो ।

महामहोत्सव निजगढको मात्र नभएर समग्र नेपालको भएको भन्दै अन्तर्राष्ट्रिय स्तरबाट पाहुना तथा अतिथिहरु सहभागि हुने बताउनुभयो ।

मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले श्रीकृष्ण प्रणामी धर्मको राष्ट्रिय महोत्सवका रुपमा आयोजना हुन लागेको महामहोत्सवमा नेपालका ६१ जिल्लासहित भारतलगायत देश तथा विदेशमा आमन्त्रण पठाईएको बताउनुभयो ।

महामहोत्सव अन्तर्गत आयोजना हुने विभिन्न कार्यक्रमहरुको तयारी पुरा भएको जानकारी गराउनु भयो ।

मूल समारोह समितिका महासचिव प्रकाश सापकोटाले महामहोत्सवको लागि प्रवेशद्धारा निर्माणदेखि भान्सागृहसम्मका निर्माण पुरा भएको बताउनुभयो ।

उहाँले कार्यक्रममा एक लाख बढी भक्तजनहरु सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।
धार्मिक सद्भावसहित कलश यात्रा र मोटरसाईकल ¥याली निकालिने जानकारी गराउनुभयो ।

कृपासिन्धु गुरुकुलकी विदुषी उषा घिमिरेले आध्यात्म कुम्भका रुपमा महामहोत्सव हुन लागेको भन्दै भक्तजनहरुलाई आमन्त्रण गर्नुभयो ।

मन्दिर समितिका उपाध्यक्ष एवं वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले एतिहासिक रुपमा सञ्चालन हुने महामहोत्सले समाजलाई जोड्ने बताउनुभयो ।

उहाँले समाजमा सकारात्मक उर्जा, आध्यामिक ज्ञान प्राप्त गर्न महामहोत्सव हुन लागेकाले त्यसलाई सफल बनाउन आर्थिक रुपमा प्रणामी समुदायसहित विभिन्न संघसंस्थाबाट सहयोग जुटिरहेको जानकारी गराउनुभयो ।

मूल समारोह समितिको आवास व्यवस्थापन उपसमिति संयोजक दिपक सापकोटाले प्रत्येक दिन पाँच हजार जनालाई बसोबासको व्यवस्थापन गरिने बताउनुभयो ।

कार्यक्रममा सफल बनाउन एवं सहभागि हुन धार्मिक गुरुहरुले सादर निमन्त्रण गरेका छन् ।

nijgadh-supermart-adz1200-630