बारा १ बाट निर्वाचित रास्वपाका गणेश धिमाललाई दिए नेकपाका प्रत्यासी सन्तोष दगालले भेटेर दिए बधाई, के भने ?
वि.सं.२०८२ फागुन २४ आइतवार २१:२२

बारा–बारा–१ बाट प्रतिनिधिसभा सदस्यमा नव निर्वाचित रास्वपाका गणेश घिमाललाई उनका प्रतिद्वन्द्वी नेकपाका सन्तोष दंगालले भेटेर बधाई दिएका छन्।
नेकपाका प्रत्यासी दगालले धिमाललाई प्रत्यक्ष भेटेर चुनावमा विजय हासिल गरेकोमा शुभकामना दिँदै आगामी दिनमा क्षेत्रको विकास र जनताको अपेक्षा पूरा गर्न सफलताको कामना गरेका हुन्।
भेटका क्रममा दगालले लोकतन्त्रमा निर्वाचन परिणामलाई सम्मान गर्नुपर्ने बताउँदै आफूले पनि मतदाताको निर्णयलाई स्वीकार गरेको प्रतिक्रिया दिएका छन्। उनले बारा–१ को समग्र विकासका लागि निर्वाचित प्रतिनिधिलाई सहयोग गर्न तयार रहेको समेत बताएका छन्।
निर्वाचित सांसद धिमालले पनि दगालप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचनमा प्रतिस्पर्धा भए पनि सबैको लक्ष्य क्षेत्रको विकास र जनताको हित हुनुपर्ने बताएका छन्। उनले सबै राजनीतिक दल तथा नागरिकसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
बारा–१ को निर्वाचन परिणाम सार्वजनिक भएसँगै राजनीतिक प्रतिस्पर्धाबीच पनि आपसी सम्मान र सहकार्यको सन्देश दिन दुवै नेताबीच भएको यो भेटलाई सकारात्मक रूपमा हेरिएको छ।
वि.सं.२०८२ फागुन २४ आइतवार २१:२२
















